Aamsanchar

स्कूल बस र मोटरसाइक ठोक्किँदा २० वर्षीय युवकको मृ*त्यु

Author Image
शुक्रवार, जेठ ४, २०८१

जनकपुरधाम – धनुषामा स्कूल बस र मोटरसाइक ठोक्किँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक विदेह नगरपालिका-७ बस्ने २० वर्षीय सन्तोष यादव रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीले बताए।

प्रहरीका अनुसार शुक्रवार हुलाकी सडकखण्डअन्तर्गत विदेह नगरपालिका वडा नम्बर ७ जोगियारास्थित तिनकोरियाबाट औरहीतर्फ आउँदै गरेको प्रदेश २-००२-००४ प ३७८२ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फबाट जाँदै गरेको ना ४ ख ५७० नम्बरको लर्ड गणेश ईंगलिस बोर्डिङ स्कूलको बसले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको तिवारीले बताए। दुर्घटनामा मोटरसाइकल पछाडि सवार स्थानीय सुमित राई घाइते भएका छन्।

उनको जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको बस प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर