Aamsanchar

सुन–चाँदीका गरगहना तथा आइफोन चाेरी गर्ने छ जना पक्राउ

Author Image
शुक्रवार, जेठ ४, २०८१

काठमाडौं- प्रहरीले चोरी कार्यमा सङ्लग्न छ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार ललितपुर क्षेत्रमा चोरीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका हुन्।

२०८१ वैशाख ७ देखि ९ गतेको बिचमा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकानास्थित नवराज गुरुङको घरबाट अपरिचित व्यक्तिले सुन–चाँदीका गरगहना, नगद तथा आइफोन लगायतका धनमाल चोरी भएको घटना सम्बन्धमा अनुसन्धान हुँदा स्थायी घर रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर ४ गौसरा भइ हाल ललितपुरको खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र सोही ठेगाना भएका धनलाल थापा मगर बिहीबार पक्राउ गरेको थियो।

उनीहरुमाथि थप अनुसन्धान हुँदा चोरी भएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नंं ६ स्थायी घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ बस्ने अन्दाजी वर्ष २८ का सुवास सुनार र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ५ मुलपानीस्थित सुनचाँदी पसल सञ्चालन गरी बस्ने अन्दाजी वर्ष ४१ को रेशक विक पक्राउ परेको प्रहरीले जनाएको छ।

चोरी भएकामध्ये आइफोन मोबाइल किनबेच गर्ने काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ स्थायी घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोड ताम्राकार कम्प्लेक्सस्थित सेल फोन रेस्क्यु सेन्टरका सञ्चालक ४१ वर्षीय योगेश डाँगी र सप्तरी स्थायी घर भइ हाल कलंकी बस्ने २२ वर्षीय मोहम्मद समिरलाई पक्राउ गरी थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुसहित सुन जस्तो देखिने पहेंलो धातुको सिक्री, रातो रङ्गको क्रिष्टल जडित सुन जस्तो देखिने रानीहार धातु, विभिन्न रङ्गका क्रिष्टल जडित सुन जस्तो देखिने धातुको चोक्कर, पेण्डल, चन्द्रहार, लकेट, पाँचगेडी, चन्द्रमा, सानो ठूलो तिल्हरी, झुम्का, टप, नथ्थीसहित नेपाली रुपियाँ र मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर