Aamsanchar

एम्बुलेन्सको ठक्करबाट मर्निङ वाकमा हिँडेका एक जनाको मृ*त्यु, दुई जना गम्भीर

Author Image
आइतवार, जेठ ६, २०८१

बुटवल – एम्बुलेन्सको ठक्करबाट बुटवलनजिकै बेलबासमा आज बिहान एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर गइरहेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका–१३ झोलुंगे पुलनजिकै तीन जनालाई ठक्कर दिएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट बुटवल उपमहानगरपालिका–११ बेलबासकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो।

घटनामा बुटवल–११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका छन्। मर्निङ वाकमा हिँडेका उनीहरूलाई बाटो क्रस गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७का नारायणबहादुर गब्तार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर