Aamsanchar

सुनसरीमा पण्डितको ह*त्या गरेको आरोपमा एक जना पक्राउ

Author Image
आइतवार, जेठ ६, २०८१

झापा – सुनसरीमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ का ३३ वर्षीय उमेश चौधरी छन् ।

इटहरी–७ का २८ वर्षीय भीम भनिने रामकुमार पण्डितको हत्या गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । शनिबार ९हिजो० साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

इटहरी–७, रामजानकी टोलमा उमेशले खुकुरी प्रहार गर्दा रामकुमारको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । उमेशलाई खुकुरीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर