Aamsanchar

गौशालामा काठमाडौं महानगरपालिकाले चलायाे डाेजर

Author Image
आइतवार, जेठ ६, २०८१

काठमाडौं – काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरमा डोजर लगाएर भत्काएको छ ।

महानगरले गौशाला चोक आसपासमा सडक किनारमा मापदण्डविपरीत अतिक्रमण गरी बनाइएका घर तथा पसलहरूमा आइतबार डोजर लगाएर भत्काएको हो ।मापदण्डविपरीत बनाइएको घर टहरामा नियमित रूपमा भत्काउँदै जाने महानगरले जनाएको छ । महानगरपालिकाले यसअघि गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू भत्काउन ३५ दिन अगाडि सूचना जारी गरेको थियो ।

१५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर, घर धनीले आफैँ नभत्काएपछि डोजर चलाएको महानगरले जनाएको छ ।

यस्तै, शुक्रबार चाबहिलस्थिल भत्केको पुल आसपासमा बनेको अवैध संरचनाहरू भत्काएको थियो । महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरीत बनेका घर टहरा भत्काउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर