Aamsanchar

काठमाण्डौवासीका लागि निःशुल्क लोक सेवा तयारी कक्षा

Author Image
आइतवार, जेठ ६, २०८१

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले महानगरवासीका निःशुल्क लागि लोक सेवा तयारी कक्षा शुरु गरेको छ ।

गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरवासीलाई आवेदनका लागि आह्वान गरेको थियो । यस सूचनाका आधारमा दुई सय पाँच जनाको आवेदन परेको थियो । आवेदकमध्ये एक सय ७८ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा शुरु गरिएको हो ।

लोक सेवा तयारी कक्षाको आज शुरुवात गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले व्यवस्थित समाज र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै बौद्धिक विकासका कार्यक्रम एकैपटक सञ्चालन गर्न थालिएको बताउनुभयो ।

नेपाल सरकारका पूर्वसचिव एवम् कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले बौद्धिक क्षमता र सिर्जनात्मक लेखन सीप भएका व्यक्तिले सजिलै लोक सेवा उत्तीर्ण गर्न सक्ने धारणा राख्नुभयो । तयारी कक्षा लिने व्यक्तिले भौतिक रूपमा कक्षामा उपस्थित हुनैपर्नै र यसमा अनलाइन कक्षा लिने सुविधा नभएको उहाँले बताउनुभयो ।

महानगरको सामाजिक विकास विभागकी प्रमुख विमला कोइरालाले तयारी कक्षा बीचमा छोड्ने छुट कसैलाई पनि नभएको र यदि कसैले कक्षा छोडेमा त्यसबापतको शुल्क भुक्तानी गर्नुपर्ने जानकारी गराउनुभयो ।

तालिम संयोजक रितु कर्णकाअनुसार तालिम आउँदो भदौ महिनासम्म चल्नेछ । तालिममा महानगरपालिकाका स्थायी बासिन्दा, महिलाको हकमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर