Aamsanchar

दमौलीमा आगलागीबाट २० वटा सटर जलेर नष्ट

Author Image
सोमवार, जेठ ७, २०८१

तनहुँ – तनहुँ सदरमुकाम दमौलीको मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकको फलफूल लाइनमा रहेका सटरमा गएराति भएको आगलागीका कारण करिब २० वटा सटर पूर्णरुपमा जलेका छन ।

आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । विद्युत चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर