Aamsanchar

विराटचोक–घिनाघाट सडक खण्डमा टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना, गाउँपालिकाका सब-इन्जिनियरको मृ*त्यु

Author Image
सोमवार, जेठ ७, २०८१

विराटनगर – विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर (ओभरसियर)को मृत्यु भएको छ ।

सुन्दरहरैँचाको हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका–५ तेतरिया चोकमा आइतबार राति ८:५० बजेतिर दुर्घटनामा परेको हो ।

सडकको साइडमा रोकेर राखेको ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किर दुर्घटना हुँदा चालक ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

 

उनका अनुसार खान ग्रामथान गाउँपालिकाका सब इन्जिनियर (ओभरसियर) हुन् । सप्तरी घर भएका उनी विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका खानलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक खानको लापरबाहीकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार आफूले चलाइरहेको सवारीसाधनतर्फ चालकले ध्यान केन्द्रित नगर्दा दुर्घटना भएको पाइएको हो ।

गाउँपालिकाका इन्जिनियर निशुभ लुइँटेलका अनुसार काम भइरहेको साइडको अनुगमन गरेर फर्किने क्रममा खान दुर्घटनामा परेका हुन् । ‘दुर्घटनामा परी घाइते भएको अवस्थामा फेला पारेर उद्धार गर्दै उपचारका लागि लगिएको थियो,’उनले भने, ‘अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।’

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४३ वर्षीय तीर्थराज ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर