Aamsanchar

बुवाको किरियामा गर्दै छाेरी

Author Image
सोमवार, जेठ ७, २०८१

देउखुरी- दाङको लमही नगरपालिका –३ बनगाउँ निवासी २३ वर्षीया स्मृति केसी दिवंगत बुवा शेरबहादुर केसीको किरिया बस्नुभएको छ ।

नेपाली समाजमा वंश धान्ने नाममा छोरा किरिया बस्ने चलन छ । यो चलनलाई तोड्दै स्मृतिले दिवंगत बुवा केसीको काजकिरिया गर्नुभएको छ । कुना बारेर सेतो पहिरनमा छोरासरह स्मृतिले काजकिरिया गर्नुभएको हो ।

स्मृतिका दाजु वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । उहाँ आउन नसकेपछि स्मृतिले बुवालाई दागबत्ती पनि दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘छोराछोरी दुबै बराबरी हो भन्ने मान्यता मैले बोकेको छु, बुवा बिरामी हुँदा सबै रेखदेख पनि गरें । कुना बारेर किरिया बसेको छु ।’

केसीले समाजमा अझै पनि छोराछोरीमाथि भेदभाव कायमै रहेको बताउनुभयो । भेदभाव हटाउन पनि मैले यो आफूले किरिया बस्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर