Aamsanchar

पाँचथरका उदयले सगरमाथाको सफलतापूर्वक आरोह गरे

Author Image
सोमवार, जेठ ७, २०८१

फिदिम-पाँचथरको फालेलुङ गाउपालिका ३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ । केरुङले जेठ ६ गते बिहान ६ बजेर ८ सेकेन्डमा सरगरमाथाको आरोहण गर्नुभएको हो ।

केरुङ वैदेशिक रोजगारीसँगै हिमाल आरोहण अभियानमा हुनुहुन्छ । उहाँले यस अघि ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसक्नुभएको छ ।

उहाँले सगरमाथाको आरोहण आठ के एक्सपेन्डिचर कम्पनीमार्फत गर्नुभएको हो । उहाँ एक महिना अघि आरोहण लागि काठमाडौँबाट प्रस्थान गर्नुभएको थियो अब उहाँले ल्होत्से हिमालको आरोहण गर्ने तालिका रहेको छ ।

आधार शिविरबाट भने २२ जना सदस्यसँग सगरमाथा चुचुरोतर्फ प्रस्थान गर्नु भएको आठ के एक्सपेन्डिचर कम्पनीका व्यवस्थापक पेम्वा शेर्पाले जानकारी दिनुभयो । केरुङसँग आरोहण दलका २२ जना सबैले सफलता पूर्वक आरोहण गरेको बताइएको छ । आधार शिविरमा पुग्नु भएका केरुङले फालेलुङ गाउँपालिकाको लोगो अङ्कित झण्डासँगै नेपालको राष्ट्रिय झण्डा फहराएको शेर्पाले बताउनुभयो ।

‘‘प्रतिकुल मौसम बावजुद पनि शेर्पासहितको आरोहण दलले सफलता पूर्वक सगरमाथाको चुचुरो चुम्यो औधी खुशी लागेको छ ।’’ शेर्पाले भन्नुभयो ।

सगरमाथाको आरोहण गर्ने केरुङ पाँचथरको फालेलुङ गाउपालिकाको पहिलो र पाँचथर जिल्लाकै दोस्रो व्यतिm हुनुहुन्छ । यस अघि पाँचथर माङजाबुङका सुशील शेर्पाले सगरमाथाको आरोहण गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर