Aamsanchar

सुनकाे सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

Author Image
सोमवार, जेठ ७, २०८१

काडमाडौं – बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । लुटपाटको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहटको मौलापुर नगरपालिका-४ घर भएका १९ वर्षीय सरोजकुमार साह र सोही ठाउँका २० वर्षीय राधेश्याम साह छन् ।

बूढानीलकण्ठ नगरपालिका-३ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापाको गलाको सिक्री सरोजकुमारले ४ जेठमा लुटेको आरोप लागेको छ ।

पसलमा बसिरहेको अवस्थामा थापाले गलामा लगाएको एक तोला ९२ लालको सुनको सिक्री उनले लुटेका थिए । सिक्रिसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी बूढानीलकण्ठ-२ माथिल्लो भंगालमा ३ जेठमा ५६ वर्षीया सुमित्रा श्रेष्ठको करिब डेढ तोलाको सिक्री राधेश्यामले लुटेको आरोप लागेको छ । राधेश्यामको साथबाट सिक्री भने फेला परेको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर