काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।

बालेनले चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका हुन् ।

उनले भनेका छन्-


‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन !’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 112