सिरहा। सिरहाको गोलबजार नगरपालिका ४ स्थित एनआईसी एसीया बैंकका शाखा प्रमुख र स्थानीय भूमाफियाको सेटिङमै ऋणीले धितो राखेको जमिन कौडीको भाउमा बिक्री गरेको पाइएको छ। गोलबजार शाखाका तत्कालीन प्रमुख तेज प्रसाद पोखरेलले भूमाफिया र बिचौलियाहरूको आर्थिक प्रभावमा परि व्यवसायीलाई गुमड्हामा पारेर धितो जग्गा कौडीको भाउमा बिक्री गरेको पाइएको हो ।
गोलबजार नगरपालिका ४ का आरके ट्रेडर्स, कृष्ण अटो मोवाईल तथा निजी कर्जा लिएका व्यवसायी दुर्गेश कुमार साहलाई तत्कालीन शाखा प्रमुख पोखरेले गुमराहमा पारेर कडोरौँ मूल्यको धितो बापत राखेको ९ कठ्ठा जग्गा विचौलिया सँगको सेटिङमै लिलाम गरी बिक्री गरेका छन्।
एनआईसि एसिया बैंकबाट २०७७ सालमा करिव २० करोडको जग्गा धितो राखेर ५ करोड ९५ लाख रुपैयाँ ऋण लिएको आरके ट्रेडर्सका सञ्चालक व्यवसायी दुर्गेश साहले का छन् । उनले, ‘ऋण लिने बेलामा बैंकले ७.९ प्रतिशत ब्याजदरमा ऋण स्वीकृत गरेको थियो। मैले नियमित रुपमा व्याज पनि बुझाउदै आएको थिए। पछिल्लो समय आर्थिक मन्दीका कारण करिव एक वर्षको व्याज बुझाउन नसकिएको बताए।
उनले भने, ‘ व्याज तिर्न मैले अर्को जग्गा बिक्री गर्ने तरखरमै थिए। तर तत्कालीन शाखा प्रमुख पोखरेल र स्थानीय व्यवसायी तथा गोलबजार नगरपालिकाका निर्वाचित कार्यपालिका सदस्य (विचौलिया) फुलेश्वर नायकको आर्थिक डेटिङमा मलाई जानकारीविना १५ करोडमा बिक्ने ५ कठ्ठा जग्गा ३ करोड ५० लाखमा बिक्री गरे। उक्तजग्गा विचौलिया नायकको ससुरा महावीर साह महतो सुडीको नाममा बिक्री गरिएको जनाए।
९ कठ्ठा १० धुर जग्गामध्ये पूर्व पश्चिम राजमार्गसँगै जोडिएको करोडौं मूल्यको जग्गा काठमाडौं ११ का पूजा पोखरेलको नाममा बिक्री गरिएको छ। उनी तत्कालीन शाखा प्रमुख पोखरेलको आफन्त छिन्। ’
बैंकले निश्चित विचौलियाको प्रलोभनमा परी लिलामी बिक्री गरेको विरुद्धमा आज स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएको गोलबजार व्यापार संघका महासचिव राकेश कुमार गुप्ताले जनाएको छ। उनले भने, ‘ बैंकले गरेको व्यवसायीको ज्यादती विरुद्ध चरणवद्ध आन्दोलन गर्ने बताए ।
आर्थिक मन्दीका कारण व्याज बुझाउन नसक्दा बैंकले करोडौँको जग्गा विचौलियाको प्रलोभनमा परि लिलाम गरिएको जग्गा फिर्ता गरिएन भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।’
एनआईसी एसिया बैंकले गरेको बदमासीको विरुद्धमा बैंकलाई बुझाएको ज्ञापन पत्रको वेवास्ता गरेकोले आज बाध्य भएर शान्तिपूर्ण आन्दोलनमा उत्रिएको व्यवसायी विक्रम साहले जनाएको छ । उनले भने, ‘बैंकले लिलाम गरेको जग्गा फिर्ता र बैंकले गरेको यो निर्णयलाई सच्याएन भने व्यवसायीहरूले गरेको आन्दोलनको क्रममा हुने घटनाको सम्पूर्ण जिम्मेवारी एनआईसी एसिया बैंक नै हुने छ।’
आज गरिएको आन्दोलनलाई पनि बैंकले वेवास्ता गरे भोलि देखी चरणबद्ध कडा आन्दोलन गर्न बाध्य हुने व्यवसायीहरूको भनाई छ।



बैंकका कर्मचारीहरूले ऋणीहरूमाथि गरिएको अमानवीय व्यवहारका कारण सिरहामा करिव ३० जना भन्दा बढी व्यवसायीहरू अनाहकमा आत्महत्या गरी ज्यान गुमाइसकेको व्यवसायीहरू बताउँछन्। देश नै आर्थिक मन्दीले आक्रान्त बनिरहेको वेला बैंकका कर्मचारीहरूले व्यवसायीमाझ गरिएको ज्यादतीका कारण जिल्लाबाट करिव सयकडौँ व्यापारीहरू पलायन भएको व्यवसायीहरूको भनाई छ।




