


काठमाडौं – काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ मा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्।

आज बिहान ५ बजे ५० वर्षका जस्ता देखिने एक पुरुषको शव सानोथलिस्थित सडक नजिकै भेटिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।

मृतकको शव अहिले घटनास्थलमै रहेको र प्रहरीले अनुसन्धान गरिएको छ। घटना स्थलमा प्रहरीले दुइवटा ब्लेड पनि फेला पारेको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 48