Aamsanchar

पोखरामा पर्यटकलाई दुःख दिने ७ जना पक्राउ

Author Image
मङ्गलवार, जेठ ८, २०८१

पर्वत – कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वी चोक तथा बसपार्क क्षेत्रमा सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई हैरानी दिने ७ जना व्यक्तिहरू पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यम बहादुर बि।क।, वडा नं ९ का २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चुरी, २० वर्षीय लक्ष्मण सिंह, वडा नं ७ बस्ने २२ वर्षीय विकास श्रेष्ठ र वडा नं २६ बस्ने २८ वर्षीय साजन परियार पक्राउ परेका हुन्।

उनीहरूले सोमवार पृथ्वी चोक र बसपार्क क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आफू अनुकूलको होटल तथा बसमा जानको लागी झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाइ गर्ने तथा लागूऔषध जन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरूलाई दुख हैरानी दिइरहेको भन्ने सूचनापछि उनीहरू पक्राउ पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वी चोकबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर