Aamsanchar

पशुपतिनाथ मन्दिरमा चढाएको भेटी गन्ने क्रममा चोरी गर्ने आठ जना पक्राउ

Author Image
मङ्गलवार, जेठ ८, २०८१

काठमाण्डौ – पशुपतिनाथ मन्दिरमा चढाएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताउनुभएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर