Aamsanchar

दुई नम्बर गण हेडक्वार्टरमा सशस्त्र प्रहरी बल नेपाल दिवस मनाइयो

Author Image
मङ्गलवार, जेठ ८, २०८१

भद्रपुर । सशस्त्र प्रहरी बल नेपाल स्थापना भएको १७ वर्ष पुरा भएको अवसरमा देशका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरी हेडक्वार्टरहरु मा विविध कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाइएको छ ।
त्यस्तै आज (मंगलबार) झापाको भद्रपुर–८, शान्ति टोलमा रहेको सशस्त्र प्रहरी बल नेपालको २ नम्बर गण हेडक्वार्टर मा पनि सांस्कृतिक कार्यक्रमसहित दिवस मनाइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनी पति शम्भू सुवेदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको आतिथ्य रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी हरूको स्वास्थ्य उपचारमा सहुलियत गरेको भन्दै ओमसाइ हस्पिटलका सञ्चालक दीपक पोखरेललाई सम्मान गरिएको थियो । त्यसैगरी २ नम्बर गणबाट अवकाश प्राप्त गरेका वरिष्ठ हवल्दार नेत्र उप्रेतीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । उनिहरुलाई प्रमुख अतिथि सुवेदी २ नम्बर गणका गणपति कविन्द्र राईले सम्मान तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।
२ नम्बर गणमा कार्यरत प्रहरी खेलाडीहरू पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

स्थापना दिवसलाई सांस्कृतिक कार्यक्रममय बनाइएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक दिवस न्यौपाने र प्रहरी गणेश खातीले गायन प्रस्तुत गरेका थिए । त्यसैगरी सकल दर्जाका प्रहरीहरूले नृत्यहरू प्रस्तुत गरेका थिए ।

‘शान्ति सुरक्षा प्रतिवद्धता’ को मूल मन्त्र लिएर २०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएको थियो । नेपाल राज्यको विभिन्न क्षेत्रहरूमा आफ्ना इकाइहरू स्थापना गर्ने क्रममा भद्रपुरको २ नम्बर गण २०६४ सालमा स्थापना गरिएको थियो ।

तत्कालीन सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाको नाममा स्थापना गरिएको थियो । २०७५ साल मा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर  नामाकरण गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर