Aamsanchar

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई आज जिल्ला अदालत धनुषामा पेश गरिँदै

Author Image
बुधवार, जेठ ९, २०८१

काठमाडौं – नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा पेश गरिँदैछ। उनलाई हिजो काठमाडौंबाट समातेर प्रहरीले आज बिहान धनुषा पुर्‍याएर धनुषा प्रहरीको हिरासतमा राखेको हो।

धनुषा स्थायी घर भएको भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएका सिरोहियाले फरक फरक २ वटा नागरिकता नम्बर प्रयोग गरेको आरोपमा प्रहरीले मंगलबार कान्तिपुरको प्रधान कार्यालय थापाथलीबाट समातेको थियो।

उनलाई आज कार्यालय खुलेपछि आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर