Aamsanchar

यस्ता छन् ओलीकाे तीन दिने झापा बसाइमा कार्यक्रम

Author Image
बुधवार, जेठ ९, २०८१

झापा – हिजो झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पूर्व पश्चिम एसियन हाइवेको पूर्वी खण्ड शिलान्यास गर्दै छन्।

अध्यक्ष ओलीले बिहान ११ बजे कमल गाउँपालिकाको पाडाजुँगीमा हाइवेको शिलान्यास गर्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए। दुईलेनको पूर्व पश्चिम राजमागलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार चार लेन बनाउने काम अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सुरु गरिएको थियो।

आज शिलान्यास हुने काँकडभिट्टा –लौकही खण्ड ९५ किलोमिटर रहेको छ। यो सडक एसियाली विकास बैँकको सहयोगमा आगामी तीन वर्षमा सम्पन्न हुने गरी निर्माण सुरु भएको हो। शिलान्यास कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ पनि झापा जाँदै छन्।

अध्यक्ष ओलीले आजै झापा क्षेत्र नं ४ को शिवगञ्ज–मदगाछ खण्डको कन्काई पुलको पनि शिलान्यास गर्ने कार्यक्रम छ।

दिउँसो १ बजे यो पुलको शिलान्यास हुने सांसद लालप्रसाद साँवा लिम्बुले जानकारी दिए। अध्यक्ष ओलीले आजै आफ्नो क्षेत्र गौरीगञ्ज स्थित चर्चित कपडा उद्योग केटीएम सिटी उद्योगको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीले भोलि एमाले दमक नगर कमिटीको अधिवेशनको उद्घाटन गर्नेछन् । भोलि नै मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक सडकको शिलान्यास गरेर सुनसरीमा निजी क्षेत्रबाट खोलिएको अस्पताल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। हिजो विराटनगर हुँदै गृहजिल्ला झापा पुगेका ओली बासँग बालबालिका कार्यक्रममा सहभागी भए। उनले सामाजिक सञ्जालमा श्रीमती राधिकासँगै झापा घरमा रहेको बताएका छन्।

अध्यक्ष ओलीले भोलि नै विराटनगर पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गरेर काठमाडौं फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)