Aamsanchar

झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ

Author Image
बुधवार, जेठ ९, २०८१

झापा – झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। उनीहरूलाई चोरी गरिएका तीन वटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई– ३ का १८ वर्षीय सम्रिक चुँडाल रहेका छन्।

कनकाई नगरपालिका– ३ र ४ मा चोरीको मोटरसाइकल रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट प्रदेश १–०२–०१ प ३१४६ नम्बरको केटीएम डुक, मे ९ प ६४६१ नम्बरको एनएस, प्रदेश ३–०२–००९ प ५२२१ नम्बरको क्रोश फायर मोटरसाइकल बरामद गरेको थियो। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर