Aamsanchar

कान्तिपुरका अध्यक्ष कैलास सिरोहियालाई पक्राउको विरोधमा नेविसंघकाे प्रदर्शन

Author Image
बुधवार, जेठ ९, २०८१

जनकपुरधाम – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई पक्राउको विरोधमा काँग्रेसको विद्यार्थी संगठन नेविसंघले धनुषा अदालतअगाडि नाराबाजी सहित प्रदर्शन गरेको छ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा लगिएको छ।

पक्राउको विरोधमा नागरिक समाज धनुषाको ब्यानरमा उद्योग वाणिज्य संघ पनि सहभागी भएको छ। राजनीतिक प्रतिशोध साधिएको भन्दै नाराबाजी र प्रदर्शन गर्दै प्रहरी घेरा तोड्न थालेपछि प्रहरीसँग विवाद भएको छ।

सिरोहियाको समर्थनमा आएका उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी भएको छ।

नेविसंघ कार्यकर्ताहरूले प्रदर्शन गर्दै प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले रोक्दा घम्साघम्सी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

आजै सरकारी वकिलको सोधपुछ बहस हुने अदालती प्रक्रिया शुरु रहेको र त्यसपछि म्याद थप गर्ने वा के गर्ने सन्दर्भमा निचोड आउने धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर