Aamsanchar

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्‍न अनुमति

Author Image
बुधवार, जेठ ९, २०८१

काठमाडौं – धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्‍ने अनुमति दिएको छ। मंगलबार काठमाडौंबाट पक्राउ गरी बुधबार अदालत पेस गरिएको थियो।

न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी डम्मरप्रसाद घिमिरेले जानकारी दिए।

सिरोहियालाई नागरिकता किर्तेको अभियोगमा मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर