Aamsanchar

गर्भवतीलाई मह र घिउ बाँढ्दै झापाको भद्रपुर नगरपालिका

Author Image
बुधवार, जेठ ९, २०८१

झापा – झापाको भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउ प्रदान गर्दै आएको छ । ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमअन्तर्गत पालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउसमेत प्रदान गर्ने गरेको भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीले बताउनुभयो ।

यो सेवा लिन गर्भवतीले सामुदायिक अस्पतालमा कम्तीमा दुई पटक स्वास्थ्य जाँच गराएको हुनुपर्छ । गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित जाँच गराउन प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको उपमेयर कार्कीको भनाइ छ । नगरले सञ्चालन गरेको यो कार्यक्रमअन्तर्गत अहिले नगर क्षेत्रका नौ सय जना गर्भवतीले अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै सेवा लिएका उहाँले बताउनुभयो ।

नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेलाई दुई हजार रुपैयाँसमेत दिने गरेको छ । भद्रपुर नगरपालिकाले ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)