Aamsanchar

सीता एयरको ठक्करबाट कर्मचारी घाइते

Author Image
बिहिवार, जेठ १०, २०८१

सुर्खेत – मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्।

बिहिवार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम सक्त घाइते भएका हुन्।

भाम विमानका चालकहरुलाई विमान उडान संकेत गरिरहेका बेला चालकहरूले बोलाएपछि विमान तर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत् उपचारका लागि नेपालगन्ज लगिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर