Aamsanchar

ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धनको कार्यक्रम

Author Image
बिहिवार, जेठ १०, २०८१

काठमाण्डौ – चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धनको कार्यक्रम भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन ९पाटा० ले संयुक्त रूपमा ग्वान्जाओमा आयोजित ३२ औँ ुग्वान्जाओ इन्टरनेशनल ट्राभल फेयरु ९जीआईटीएफ० मा सक्रिय सहभागी भई नेपालको पर्यटन प्रवर्द्धन गरेको छ ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दास्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको ुआउटबाउन्ड टुरिजमु अर्थात् देशबाहिर घुम्ने पर्यटकहरूको सूचीमा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कुल पर्यटकमध्ये एक प्रतिशतमात्रै पनि नेपाल ल्याउन सके पर्याप्त हुने जानकारहरू बताउँछन् ।

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई देशबीच विभिन्न समयमा हुने कुटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

अहिले ग्वान्जाओबाट चीनको साउदर्न एअरलाइन्सले हरेक दिन एउटा उडान गरिरहेको छ । आउँदो जुन १ तारिखदेखि दिनमा दुई वटा उडान गर्ने तयारी गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा चीनबाट ६० हजार आठ सय ७८ जना पर्यटक नेपाल आएका थिए ।

तस्बिर : पाटा नेपालको फेसबुकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर