Aamsanchar

इनार सफा गर्ने क्रममा निस्सासिएर एक जनाको मृ*त्यु

Author Image
बिहिवार, जेठ १०, २०८१

ढल्केबर- धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरमा इनार सफा गर्ने क्रममा निस्सासिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय रामप्रसाद शर्मा रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले इनाभित्र पसेर सफा गर्ने क्रममा निस्सासिएर शर्माको बिहीबार मृत्यु भएको बताउनुभयो । ४० मिटर गहिरो इनार सफा गर्न उहाँ भित्र पस्नुभएको थियो ।

उहाँको शवलाई रघुनाथपुर सशस्त्र वेस क्याम्पका सशस्त्र प्रहरीको सहयोग बाहिर निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)