Aamsanchar

सुनसरीका अग्नीपीडितलाई कतार च्यारिटीकाे खाद्यान्न

Author Image
बिहिवार, जेठ १०, २०८१

इनरुवा-सुनसरीका अग्नीपीडितहरुलाई राहत स्वरूप कतार च्यारिटीले खाद्यान्न सामग्री वितरण गरेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न स्थानमा भएको आगलागीबाट घरबारविहीन बनेका १०३ अग्निपीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । कतार च्यारिटीको सहयोग तथा सामाजिक जीवन केन्द्र नेपाल९एसएलसी०नेपालको आयोजनामा कोशी गाउँपालिकामा एक कार्यक्रमका बिच अग्निपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

यसअघि संस्थाले सप्तरी र सुनसरी जिल्लामा भएको आगलागीबाट घरबारविहीन, एकल तथा विपन्न महिलालाई खाद्यान्न सामग्री राहत वितरण गरेको थियो । स्थानीय सरकार, सुरक्षा निकाय, स्थानीय स्वयंसेवक तथा सहयोगीहरूको सहभागितामा अग्निपीडितलाई कतार च्यारिटीको सहयोगमा एसएलसी नेपालले खाद्यान्न राहत वितरण गरेको एसएलसी नेपालका दिनेश साहले जानकारी दिनुभयो ।

कोशी गाउँपालिकाको जमुवामा आगलागीबाट घरबारविहीन बनेका अग्निपीडितलाई खाद्यान्न राहत वितरण कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारी, एसएलसी नेपालका अध्यक्ष हजरत मन्सुरी, कतार च्यारिटी प्रतिनिधि मुजाहिद अन्सारी, अन्माउला अन्सारीसहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर