Aamsanchar

१५ वर्षीया संगीता एक महिनादेखि सम्पर्कविहीन

Author Image
शुक्रवार, जेठ ११, २०८१

ललितपुर – जिल्लाको टीकाभैरव बस्ने एक बालिका करिब एक महिनादेखि सम्पर्कविहीन छिन्।

कैलालीको लम्कीचुहा नगरपालिका-५ घर भई हाल गोदावरी नगरपालिका-६ टीकाभैरव बस्ने १५ वर्षीया संगीता चौधरी करिब १ महिनादेखि बेपत्ता रहेकी हुन्।

लेले आनन्दवन अस्पतालमा कार्यरत रामबहादुर चौधरीकी छोरी संगीता गत वैशाख १६ गतेदेखि हराएकी हुन्। उनी फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा ६ कक्षामा पढ्थिन्।

वैशाख १६ गते टीकाभैरवबाट दिदी अनितासँगै फर्पिङस्थित बाल निकेतन होष्टेलमा जान भनेर हिँडेकी संगिता त्यही साँझबाट हराएकी बुबा रामबहादुरले बताए।

दिदी अनिता बहिनीलाई होष्टेल पुर्‍याएर फर्केकी थिइन्। तर संगीता केही बेरमै लगनखेल आएकी थिइन्। दिदी अनिताले आउनुको कारण सोध्दा पैसा हराएकाले फर्किएर आएको दिदीलाई सुनाएकी थिइन्। त्यसपछि अनिताले पैसा दिएर उनलाई होष्टलतर्फ फर्काएकी थिइन्।

पछि साँझ ७ बजेतिर होष्टलमा फोन गर्दा संगीता होष्टलमा नआएको जानकारी पाएको रामबहादुरले बताए। उनले गत वैशाख १७ गते सोमबार महानगरीय प्रहरी वृत्त चापागाउँ पछि जावलाखेल प्रहरी परिसरमा उजुरी दिएका थिए ।

रामबहादुर श्रीमतीसहित ५ छोरी र १ छोरा भएका रामबहदुर १० वर्ष देखी टीकाभैरवमा बस्दै आएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)