Aamsanchar

१९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

Author Image
शुक्रवार, जेठ ११, २०८१

काठमाण्डौ – प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका विभिन्न दर्जाका प्रहरीहरूलाई एक हप्ताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन कार्यालयले भनेको हो ।

कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ । उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर