Aamsanchar

परीक्षा दिन हिँडेका विद्यार्थीको बाटोमै लडेर मृत्यु

Author Image
शुक्रवार, जेठ ११, २०८१

काभ्रे – जिल्लाको महाभारत गाउँपालिका १ मा रहेको गोकुले माविमा अध्ययनरत एक विद्यार्थीको लडेर मृत्यु भएको छ। बिहीबार कक्षा ११ को परीक्षा दिन हिँडेको अपिल भ्लोनको बाटोमै लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

महाभारत गाउँपालिका–२ स्यालेडाँडाका ३२ वर्षीय अपिल भ्लोन परीक्षा दिन जाने क्रममा लडेर मृत्यु भएको अवस्थामा स्थानीयले दिउँसो देखेपछि प्रहरी पुगेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले मृतक भ्लोनको शव धुखिलेख अस्पतालमा पोस्मार्टम गर्न धुलिखेल ल्याउने तयारी गरिएको श्रेष्ठले बताए। दिउँसो शव आएपछि के कसरी मृत्यु भएको हो भन्ने खुल्ने डिएसपी श्रेष्ठले बताए।

बिहीबार दिउँसो घरबाट परीक्षा दिन विद्यालय जाने क्रम अम्बलबास र बेसिटोलको बीचमा रहेको जंगलमा भ्लोनको मृत्यु भएको स्थानीय ग्यामसाङ स्याङतानले बताए। उनका अनुसार बिहीबार दिउँसो दुई जना विद्यालयमा बाटोमा जाँदै गर्दा ‘म विस्तरै आउँछु, अगाडी गएर पसलमा खाजा बनाएर राख्नु’ भनेपछि उनलाई साथीले छोडेर हिंडेका थिए।

 

मृतक भ्लोनलाई अम्मलबासको ठाकुर थान पूजाबाट फर्केका स्थानीयले बाटोमा लडिरहेको अवस्थामा देखेपछि गाउँलेले र प्रहरीलाई खबर गरेका थिए। उनको नसा सम्बन्धी रोग रहेको र घाँटीको अप्रेशन गरेको परिवारले जनाएको छ। विद्यार्थी भ्लोनको मृत्युमा गोकुले मावि विद्यालयले आज शुक्रबार शोक बिदा दिएको प्रअ पदम तिमल्सिनाले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर