Aamsanchar

पाँचथरको मिक्लाजुङमा ५३ फिट अग्लो बुद्धको मूर्ति निर्माण

Author Image
शुक्रवार, जेठ ११, २०८१

फिदिम-पाँचथरको मिक्लाजुङ गाउँपालिकामा तीन करोड लगानीमा ५३ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको लगानीमा मिक्लाजुङ ४ जरिबुटे डाँडामा अग्लो बुद्ध मूर्ति निर्माण भएको हो ।

मूर्ति धातुबाट निर्माण गरिएको छ । मूर्ति निर्माणका लागि १७ टन पितलको धातु प्रयोग भएको बताइएको छ । कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री रहनुभएको प्रदेश सभा सांसद इन्द्रबहादुर आङबो (मौसम)ले यो मूर्ति नेपालकै सबै भन्दा अग्लो र ठुलो भएको दाबी गर्नुभयो ।

मूर्ति निर्माणका लागि सरकारले २०७६ सालमा बोलपत्र आह्वान गरी सम्झौता पश्चात काम सुरु गरेको थियो । २०७९ साल माघ ३० गते निर्माण कार्य सम्पन्न भएको मूर्तिको अनुहार माओवादी नेता अग्नीप्रसाद सापकोटाको जस्तै बनेकाले सच्याउन माग भएपछि पुनः सुधार गरेर ढिलो गरी उद्घाटन गरिएको छ ।

गाउँपालिकाले जरिबुटे डाँडामा बुद्धको मूर्तिसहितका संरचना बनाएर पर्यटन प्रवर्धन गर्ने योजना बनाएसँगै यहाँ यत्तिको ठुलो र अग्लो मूर्ति निर्माण गरिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताउनुभयो । मूर्ति निर्माणको काम काठमाडौको स्कर्लभर्चज प्रा।लि।ले जिम्मा लिएको थियो ।

जरिबुटे क्षेत्र सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रख्यात छ । जरिबुटे डाँडो वनस्पतिक तथा जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण छ । मूर्ति बुद्ध जयन्तीको अवसर पारेर शुक्रबार उद्घाटन गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर