![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240525_145419578.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको वनमा लौठ सल्लाको विरुवा रोपिएको छ। पाथीभरा क्षेत्रको काफ्लेपाटी नजिक सातमुले वनमा लौठ सल्लाको बिरुवा रोपिएको हो।
फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको मयाम पातल सामुदायिक वन उपभोक्ता समूहले उक्त वन क्षेत्रमा वृक्षारोपण गरेको अर्थात लौठ सल्लाको बिरुवा रोपेको हो। जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुखसमेत रहनुभएका उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद लिङ्खिमका अनुसार पाँचसय वटा लौठ सल्लाको बिरुवा रोपिएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
समूहको सामुदायिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत वृक्षारोपण गरिएको लिङ्खिमले जानकारी दिनुभयो। उहाँकाअनुसार समूहको अगुवाइमा यसअघि सोही सातमुले वन क्षेत्रमा धुपीको बिरुवा पनि रोपिएको छ। अहिले धुपीको बिरुवा निकै हुर्किएको उहाँले जानकारी दिनुभयो। वृक्षारोपणमा समूहका पदाधिकारी, सदस्य र अन्य गरी करिव ४० जना सहभागी हुनुभएको थियो। लौठ सल्ला बहुमूल्य जडीबुटीअन्तर्गत पर्दछ।
यसैगरी डिभिजन वन कार्यालय ताप्लेजुङअन्तर्गत पाथीभरा सव–डिभिजन वन कार्यालय फुङ्लिङले शुक्रबार नै सोही मयाम पातल सामुदायिक वन उपभोक्ता समूहका सदस्यलाई सहभागी गराएर वन व्यवस्थापनसम्बन्धी अनुशिक्षण सम्पन्न गरेको छ। सव–डिभिजन वन कार्यालयका कर्मचारी (सहायकस्तर पाँचौ) फुपुग्याबु शेर्पाका अनुसार समूहका सदस्यलाई वन व्यवस्थापन स्थलगत अभ्याससम्बन्धी अनुशिक्षण गराइएको छ।
बिरुवा रोप्ने तरिका, मल तथा सिँचाइ गर्ने विधि साथै संरक्षण र रोपेको बिरुवा हुर्काउने ज्ञानसम्बन्धी अभ्यास शिक्षण गराएको उहाँले बताउनुभयो। अनुशिक्षणको सहजीकरण शेर्पा आफैँले गर्नुभएको थियो।