Aamsanchar

माओवादी केन्द्रले झापाको दमक नगरमा एक लाख वटा बिरुवा रोप्ने

Author Image
शनिवार, जेठ १२, २०८१

झापा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले झापाको दमक नगरमा लिची र कागतीका एक लाख वटा बिरुवा रोप्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भोलिदेखि औपचारिक रूपमा दमकका हरेक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो । नागरिकलाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उहाँले बताउनुभयो ।

बिरुवा रोप्नेसँगै सशस्त्र युद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय वटा परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर