Aamsanchar

छात्रालाई बाटोमै करणी गर्न खोज्ने युवक भैँसीलाई करणी गरिरहेको अवस्थामा पक्रा*उ

Author Image
शनिवार, जेठ १२, २०८१

ताप्लेजुङ-ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् । विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी (छात्रा)लाई बाटोमै जबरजस्ती करणी गर्न खोज्ने फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २० वर्षीय विक्रम तामाङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा तामाङलाई पक्राउ गरिएको हो । चिच्याएको थाहा पाएपछि नजिकका स्थानीय तत्काल घटनास्थल पुगेकाले किशोरीमाथि जबरजस्ती करणी हुन नपाएको बताइएको छ ।

तामाङ भने त्यहाँबाट फरार भएको र खोजी गर्ने क्रममा साँझ ६ः३० बजेतिर गोठमा बाँधेको भैँसीलाई करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । तामाङविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जबरजस्ती करणी उद्योग र पशु करणी कसुरमा जिल्ला अदालतबाट सात दिने म्याद लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर