![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240526_162029885.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
तनहुँ- भारतीय पर्यटक सवार जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका– १ सत्रसयमा आइतबार बिहान दुर्घटना हुँदा पर्यटकहरु घाइते भएको प्रहरीले जनाएको छ ।
आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको बि आर ०६ डी एच ८२८१ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकदेखि करिब २० मिटर तल खस्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपीलराज बोहोराले जानकारी दिनुभयो । दुर्घटना हुँदा भारतको बिहारको मजसापुर थानाकाटी निवासीहरु चालकसहित कारमा सवार पाँचै जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
२३ वर्षीय आनन्द कुमार, ३० वर्षीय राजेश कुमार, २५ वर्षीय सुमित कुमारको पुरानो मेडिकल चितवनमा उपचार भइरहेको छ । यस्तै, वर्ष २३ का सचेन्द्र कुमारको आँबुखैरेनी बजारस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ भने २४ वर्षीय राज कुमारलाई भने डिस्चार्ज गरिएको छ ।