Aamsanchar

आरुघाट–लार्के सडक खुलाउने प्रयास जारी

Author Image
सोमवार, जेठ १४, २०८१

गोरखा – उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरो खसेर अवरुद्ध भएको छ । हिजो दिउँसो धार्चे गाउँपालिका–३, उहियाँको यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको उहाँले बताउनुभयो । उहाँकाअनुसार पहाडको माथिबाट ठूलो ढुङ्गा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको छ । पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति भने भएको छैन । बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्डअन्तर्गत पर्ने त्यसक्षेत्रमा कडा चट्टानका कारण नेपाली सेनाले पहाडमा विष्फोट गरेर सडक बनाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर