Aamsanchar

स्कुलको बसमा पेट्रोल बम प्रहार गरि जलाएकाे आराेपमा विद्यालयका अध्यक्ष पक्राउ

Author Image
सोमवार, जेठ १४, २०८१

चितवन-निजी विद्यालय स्मल हेभन स्कुलको बस आगजनी गरेर जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ परेका छन ।

भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बसमा आगजनी गरेको आरोपमा प्रहरीले विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो । वैशाख ३० गते बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने स्कुल बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी चौधरीले पेट्रोल बम प्रहार गरेको प्रहरीले आरोप लगाएको छ ।

भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका चौधरीलाई जेठ ११ गते शोसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।

कमरेड महेश र कमरेड महावीर उपनाम भएका विश्वनाथको समूहले २०८० माघ २८ गते भरतपुर–२६ ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताउनुभयो । विश्वनाथ चौधरी राष्ट्रिय मावि शोसीको अध्यक्ष हुनुहुन्छ ।

चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको उहाले बताउनुभयो । अपराधिक क्रियाकलापमा विश्वनाथसँगै अन्य पाँच देखि छ जना व्यक्ति संलग्न रहेको प्रहरीको अनुमान छ ।

राष्ट्रिय मावि शोसीले विश्वनाथ चौधरी पक्राउ परेको दिन विज्ञप्ति निकालेर विद्यालय हाताभित्र प्रवेश गरी हतियारधारी प्रहरीले चौधरीलाई पक्राउ गर्दा विद्यार्थीमा त्रास सिर्जना भएको बताएको थियो ।

आगजनीमा संलग्न अन्यको खोजी कार्य भइराखेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर