Aamsanchar

घरबाटै हराएकी बालिकाकाे शव खोलामा फेला

Author Image
सोमवार, जेठ १४, २०८१

विराटनगर – मोरङको कटहरीमा घरबाटै सम्पर्कविहीन बनेकी बालिकाको शव खोलामा भेटिएको छ। कटहरी गाउँपालिका-५ का धर्म झाँगडकी ७ वर्षीया छोरी पृति झाँगडको शव खोलामा फेला परेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अभिभावकलाई नभनिकन पृति आइतबार दिउँसो ३ बजेदेखि घरबाट हिँडेको खुलेको छ।

खोजी गर्ने क्रममा कटहरी-५ स्थित सुखानी खोलामा डुबेर मृत्यु भएको अवस्थामा सोमबार दिउँसो शव भेटिएको उनले बताए।शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको बस्नेतले बताए।

उनका अनुसार खोलामा डुबेर बालिकाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तत्काल हेर्दा घटना शंकास्पद नदेखिएको र अनुसन्धानबाट वास्तविकता पत्ता लाग्ने जानकारी उनले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर