Aamsanchar

यस वर्ष वसन्तयामको सगरमाथा आरोहणमा ६ सय जनाभन्दा धेरै शिखरमा पुगे

Author Image
मङ्गलवार, जेठ १५, २०८१

काठमाण्डौ – सगरमाथामा यस वर्षको वसन्तयामको आरोहण सकिएको छ । अहिले बाटो बनाउने क्रममा टाँगिएका भर्‍याङ र डोरी निकाल्ने काम भइरहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । दोस्रो शिविरभन्दा माथिको भर्‍याङ र डोरी निकाल्ने काम भइरहेको र दोस्रो शिविरसम्मको डोरी र भर्‍याङ भोलि निकाल्ने उहाँले बताउनुभयो ।

सरकारले हरेक वर्षको वसन्तयाममा मे २९ तारिखसम्म आरोहण अनुमति दिन्छ । यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १९ जनाले अनुमति लिएका थिए । आरोही र उनीहरूका सहयोगीसमेत गरी छ सय जनाभन्दा धेरैले आरोहण गरेका प्रारम्भिक अनुमान रहेको निर्देशक गुरुङले बताउनुभयो । तर आरोहीहरू फर्केर प्रमाण पेश गरी प्रमाणपत्र लिने भएकाले यकिन विवरण आउन केही समय लाग्छ ।

यस वर्ष सगरमाथा आरोहणका क्रममा छ जनाको ज्यान गएको र तीन जना हराइरहेका विभागले जनाएको छ ।

यसैबीच नेपालको पर्वतीय पर्यटन व्यवसाय बदनाम हुने गरी गलत सूचना प्रवाह गरेको भन्दै पर्यटन विभागले आरोही निर्मल पुर्जामाथि छानबिन शुरु गरेको छ । आरोहण टोलीले प्रयोग गर्ने डोरी काटिदिएको भन्दै आरोही पुर्जाले गलत सूचना प्रवाह गरेकोले छानबिन शुरु गरेको पर्यटन विभागले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर