Aamsanchar

समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक : अर्थमन्त्री

Author Image
मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले समृत राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक भएको बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को आय व्ययको अनुमान विवरण पेश गर्दै अर्थमन्त्री पुनले संविधानले परिकल्पना गरेअनुसार राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर र स्वतन्त्रता तथा उन्नतिशील बनाउँदै समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको बताएका हुन्।

उनले अर्थतन्त्र चलायमान हुँदै आएको दावी गरे। मन्त्री पुनले भने,´केही समयदेखि शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको निरन्तर प्रयासबाट चलायनमान हुँदै गएको छ।`

उनले विगतमा सुरू गरिएका आर्थिक सुधारका उपलब्धीहरूलाई संस्थागत गर्दै बदलिदो विश्वको अर्थव्यवस्था र नेपालको वस्तुगत आवश्यकतालाई दृय्टिगत गरी अर्थतन्त्रलाई सवल बनाउन आवश्यक रहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर