Aamsanchar

झापामा गएरातिको हावाले करोडभन्दा बढीको क्षति

Author Image
बुधवार, जेठ १६, २०८१

झापा- मङ्गलबार राती आएको हावाहुरीका कारण करोडभन्दा बढीको क्षति पुगेको छ । राती चट्याङसहित आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार मेचीनगर नगरपालिका वडा नं. १० मा डिल्लीराम श्रेष्ठले सञ्चालन गरेको भेनियर उद्योगमा एक करोडको क्षति पुगेको छ ।

भेनियर पत्ता, कामदार बस्ने कटेज, मेसिन लगायतमा हावाहुरीले क्षति पुगेको चन्दले जानकारी दिनुभयो । प्रारम्भिक रुपमा आएको विवरण अनुसार एक करोडको क्षति पुगेको देखिएको उहाँले जनाउनु भयो ।

यसैगरी, यही वडाको लालपानीमा श्याम न्यौपानेले सञ्चालन गर्नुभएको सिद्धबिनायक भेनियर उद्योगमा कच्चा पदार्थ र उद्योगको टिनको छानो उडाउँदा १० लाखभन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर