Aamsanchar

कोशीमा जङ्गली हात्तीको उपद्रो, स्थानीय त्रसित

Author Image
बुधवार, जेठ १६, २०८१

इनरुवा- सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किने जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् ।

मङ्गलबार राती र बिहान कोशी गाउँपालिका ३ र ४ मा पसेको जङ्गली हातीको आतङ्कले स्थानीयहरु त्रसित बनेका हुन् । जङ्गली हात्तीले कोशी-३ का जागेश्वर मेहताको घरमा क्षति गरेको छ भने केहीको उखुबाली र तरकारी बालीमा क्षति गरेको स्थानीय देवराज यादवले जानकारी दिनुभयो । केही महिनादेखि बन्द रहेको हात्ती आतङ्क सोमबार र मङ्गलबार रातीदेखि फेरि सुरु भएकाले स्थानीयहरु त्रसित बनेका यादवले बताउनुभयो ।

लाखौंको बाली क्षति गरेको हात्तीले गत मङ्सिरसम्ममा चालु आर्थिक वर्षमा मात्रै कोशी प्रदेशमा पाँच जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर