Aamsanchar

मृत भेटिए कान्तिपुरका गार्ड

Author Image
बुधवार, जेठ १६, २०८१

विराटनगर – कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी झुन्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । कोठा भित्रबाट चुक्कुल लगाइएको अवस्थामा कोठाको सिलिङ पङ्खामा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर