Aamsanchar

धनकुटा सदरमुकाम नजिकै डढेलो लगाउनेको खोजी हुँदै

Author Image
बुधवार, जेठ १६, २०८१

धनकुटा – धनकुटाको सदरमुकामसँगै रहेको सल्लेरी राष्ट्रिय वनमा बुधबार दिउँसो डढेलो लागेको छ। धनकुटा आँखा अस्पताल नजिकैबाट सुरु भएको डढेलो नेपाली सेनाको भीमदल गण र प्रदेश आयुर्वेदिक अस्पतालतर्फ फैलिएको थियो।

डढेलोका कारण वरपरका बस्ती जोखिममा परे पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले धनकुटा नगरपालिकाको दमकलको सहयोगमा आगो समयमै नियन्त्रणमा लिन सफल हुँदा क्षति हुन पाएन।

करिब २ बजेदेखि लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको जनाइएको छ। आगलागी कसरी भयो भन्ने खुल्न नसकेको र त्यसको खोजी भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। आगलागीबाट सल्लेरी राष्ट्रिय वन क्षेत्रमा रहेका वोटविरुवा जलेर नष्ट भएको छ।

पछिल्लो समय पानी नपरेका कारण अत्याधिक गर्मी बढेसँगै आगलागीका घटना पनि बढेका छन्। मानवीय कारणले आगो लागेकाले पहिचान गरेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। आगलागीबाट सल्लेरी वनको करिब १० हेक्टरका बोटविरुवा जलेर नष्ट भएको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर