Aamsanchar

नक्कली नेपाली नोटसहित चार जना पक्रा*उ

Author Image
बुधवार, जेठ १६, २०८१

कलैया – बारा प्रहरीले नक्कली नेपाली नोटसहित चार जनालाई नियन्त्रणमा लिएको छ। बारा सिम्रौनगढ नगरपालिका=९ कचोर्वास्थित सानो बसवरीया र ठूलो बसवरीयाबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नोटसहित एक भारतीय र तीन नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका-६ का २५ वर्षीय राजन चौधरी, वडा नं. ५ का १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका वडा नं.१ का १९ वर्षीय मोहनकुमार साह र भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा ७ का ४० वर्षीय महमद आलम छन्। तीन जनालाई सानो बसबरिया र एक भारतीय नागरिकलाई ठूलो बसबरियाबाट पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका तीन जनाबाट सात लाख सात हजार नक्कली नोट बरामद गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। उनीहरूले प्रयोग गरेको ना३४प ३५१२ र बिआर ०६ ए डब्लु २७५८ नम्बरको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय नागरिक आलमलाई प्रहरीले बारा सिम्रौनगढ नगरपालिका ९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए। आलमको साथबाट ६ लाख ९ हजार नक्कली नेपाली नोट बरामद भएको छ।
पक्राउ परेका चार जनामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक खड्काले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर