Aamsanchar

विराटनगरबाट श्रमाधान रोजगार मेला सुरू हुँदै

Author Image
बिहिवार, जेठ १७, २०८१

काठमाडौँ- सरकारले बिहीबारदेखि कोशी प्रदेशको विराटनगरबाट श्रमाधान रोजगार मेला सुरु गर्दै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलको आयोजनामा सातै प्रदेशमा सुरु हुने सो मेला यही १७ गते बिहीबार कोशी प्रदेशको विराटनगरबाट सुरु भई ३० गते बुधबार बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने जनाइएको छ ।

मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुईरदुई दिनसम्म चल्ने छन् । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबिचको साझेदारीलाई प्रवर्धन गरेर लैजाने रहेको जानकारी दिनुभयो । मेलालाई सिप तथा क्षमता विकासका सम्भावना र उपेयागका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको उहाँको भनाइ छ ।

श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश मेला संयोजक सुशीलप्रसाद आचार्यले यस प्रकारको मेलाले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अबको १५ वर्षपछि बाध्यात्मक रूपमा विदेश जानुपर्ने अवस्थाको अन्य गर्ने गरी तथ्याङ्क एकीकृत गर्ने तयारीमा सरकार रहेको छ । आगामी वर्षदेखि सातै प्रदेश र पालिकास्तरमा पुग्ने गरी बजेट नियोजन गर्ने मन्त्रालयको तयारी रहेको पनि उपसचिव आचार्यले जानकारी दिनुभयो । उहाँले मेला रोजगारी दिने र माग्नेबिचको सेतु भएकाले स्थानीयस्तरसम्म यसलाई लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । मेलाबाट सबै प्रदेशबाट सङ्कलन भएका रोजगारदाता संस्था र रोजगारीमा खोजी गर्ने आएका तथ्याङ्कसमेतलाई समेटर रोजगार बैङ्क बनाउने जसबाट रोजगारीका अवसर र सबैखाले बेरोजगारको तथ्याङ्क, सिपबारे स्पष्ट उल्लेख हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर