Aamsanchar

दाङका विद्यालय गर्मीका कारण बन्द

Author Image
बिहिवार, जेठ १७, २०८१

दाङ – अत्यधिक गर्मीका कारण दाङका विद्यालय बन्द भएका छन् । दाङको देउखुरीका राप्ती र गढवा गाउँपालिका तथा लमही नगरपालिकाले आजदेखि विद्यालय बन्द गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले ५ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकोको छ । भोलिदेखि जेठ २२ गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डाराले जानकारी दिनुभयो ।

अत्यधिक गर्मी बढेसँगै तराईसहितका अन्य जिल्लाका विद्यालयहरूमा पनि बिदा दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर