Aamsanchar

अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना युवकको मृ*त्यु

Author Image
शुक्रवार, जेठ १८, २०८१

दाङ – दाङमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मोटरसाइकल चालक बबई गाउँपालिका ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिए।

बिहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।

तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी स्थित कुमलगडीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरित दिशाबाट आउँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ वर्षीय रुद्र बहादुर थापा घाइते भएका छन्। थापाको नेपालगञ्जमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर