Aamsanchar

हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर वृद्धको मृ*त्यु, रुख ढल्दा एक जनाकाे ज्यान गयाे

Author Image
शुक्रवार, जेठ १८, २०८१

काठमाडौं – बिहीबार साँझ आएको हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ।

हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले जानकारी दिए। गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ। हावाहुरीका कारण दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिबालीमासमेत धेरै क्षति पुगेको छ।

यस्तै वर्षासँगै आएको हावाहुरीले पर्सामा एक जना वृद्धको मृत्यु भएको छ।

पर्साको विन्दबासिनी गाँउपालिका–२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 67

प्रतिक्रिया (०)