Aamsanchar

हिउँमा चिप्लेर एक युवकको ज्यान गयाे

Author Image
शुक्रवार, जेठ १८, २०८१

बझाङ – यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ। सुर्मा गाउँपालिका-५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको धौलढुंगा भन्ने स्थानमा हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो।

बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगा पुगेका थिए। बोहरा एक्कासी हिउँमा चिप्लेको स्थानीय दिपेश दमाईले जानकारी दिए। घटनास्थल सुर्माबाट एक दिनको दुरीमा पर्छ।

उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलनका लागि निस्केका थिए। बझाङमा अहिले यार्सा संकलनको सिजन चलिरहेको छ। लेकमा चढ्ने क्रममा धेरैले ज्यान गुमाइसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर